फेवातालमा कार खस्याे, स्याङ्जाका गुरुङको मृत्यु

पाेखरा | फागुन २, २०८२

फेवातालमा कार खस्याे, स्याङ्जाका गुरुङको मृत्यु

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।

 

शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।

 

मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन्।

 

बिहान २ बजेर १० मिनेटमा बिएए १५८२ नम्बरको कार अचानक अनियन्त्रित भई फेवातालमा खसेको थियो। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वसन्तबहादुर सिंहको कमान्डमा २१ जनाको गोताखोरसहितको टोली घटनास्थल पुगेको थियो।

 

सशस्त्रको गोताखोर टोलीले गुरुङलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज (जिएमसी) पठाएको थियो। उपचारका क्रममा बिहान ४ बजेर ३४ मिनेट जाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्